प्रेस विज्ञप्ति - २०८३/०५/११

२०८३ भाद्र १० गते भोटेकोशीमा अचानक आएको भिषण बाढीका कारण परलोक हुनु भएकाहरुलाई हार्दिक श्रद्धान्जली एवं शोकसंतप्त  परिवारलाई हार्दिक समवेदना व्यक्त गर्न र बाढी पीडितहरुको उद्दार एवं राहतका लागि सहयोग जुटाउन म्यान्मारका लागि नेपाली राजदूतको संयोजकत्वमा अखिल म्यान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघका केन्द्रीय अध्यक्ष लगायतका पदाधिकारीहरु र गैर आवासीय नेपाली संघ, म्यान्मारका अध्यक्ष लगायतका पदाधिकारीहरुको २०८३ भाद्र ११ गते नेपाली राजदूतावास, यांगौनमा बसेको बैठक सम्बन्धमा ।